सुनचाँदीको मूल्य आज पनि स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सोमबार पनि स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख ६८ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि सुन तोलाको सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेर तोलाको १ हजार ९ सय १५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस