नेपाल रेडक्रस सोसाइटि तुलसीपुरको चौधौ साधारणसभा

तुलसीपुर । नेपाल रेडक्रस सोसाइटि तुलसीपुर उपशाखाको चौधौ साधारणसभा शुक्रबार तुलसीपुरमा सम्पन्न भएको छ । साधारणसभा नेपाल रेडक्रस सोसाइटि दाङ शाखाका सदस्य मदन धितालको प्रमुख आतिथ्यता तथा पूर्व जिल्ला सदस्य शंकर दिवस मजगैयाकोे विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको थियो ।


साधारणसभामा प्रमुख अतिथिको तर्फबाट मन्तव्य व्यक्त गर्दै जिल्ला सदस्य मदन धितालले एउटा झोलामा कार्यालय राखेर सन्चालनमा आएको यो उपशाखाले पछिल्लो समयमा समयानुकुल भौतिक पुर्वाधारहरु निर्माण गर्दै ब्यबस्थीत गराएकोमा खुशि व्यक्त गरे ।

जहा दुख त्याहा रेडक्रस पुग्ने भएकोले समाजसेवाको अग्रणी रुपमा यो संस्था रहेको जानकारी गराए । नेपाल रेडक्रस सोसायिटि तुलसीपुर उपशाखाका सभापति देबिका नेपाली घिमिरेको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै विशिष्ठ अतिथि तथा शिक्षा बिद्ध शंकर दिवस मजगैयाले विशुद्ध सामाजिक संस्था भएकाले यसले आफ्नो सेवालाइ प्रभावकारी बनाउदै अघि बढ्न आग्रह गरे ।

नेपाल रेडक्रस सोसायिटि तुलसीपुर उपशाखाका सदस्य गोपाल रावतको स्वागत मन्तव्यबाट सुरु भएको साधारणसभामा समाजसेवी प्रताप के सी तुलसीपुर उपशाखाका पुर्व सचिव प्रकास कुमार पोख्रेल कार्यसमिति सदस्य सितारा शर्मा आचार्य वालकृष्ण डागी , योगसाधक पोषणराज आचार्य , लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

साधारणसभामा नेपाल रेडक्रश सोसाइटि तुलसीपुर उपशाखाका सचिव बंंशीकुमार शर्माले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष ईश्वरी खडकाको तर्फवाट वसन्त केसीले प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजीकरण सह सचिव बसन्त केसीले गरेका थिए ।

साधारणसभामा सचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदनहरु सर्वसम्मत रुपमा पारीत गरिएको थियो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस