तुलसीपुर । नेपाल भारत मैत्री संघ हेकुली उपशाखाको ९ औं साधारणसभा तथा तेस्रो अधिबेशन आइतबार तुलसीपुरमा सम्पन्न भएको छ ।
संघका अध्यक्ष बंशिकुमार शर्माको अध्यक्षता एबम् नेपाल भारत मैत्री संघ दाङका अध्यक्ष शिशिर लम्सालको प्रमुख अथितिमा कार्यक्रम सम्पन्न भएको हो ।

उपशाखाका सदस्य दामोदर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बोल्ने बक्ताहरुले नेपाल भारतको पुरानो सम्बन्ध भएकोले यो सम्बन्धलाई कायम राख्नु पर्ने कुरामा जोड दिएका थिए ।
कार्यक्रममा तुलसीपुर उपशाखाको आजिवन सदस्य मानबहादुर गुरुङ, डोर बहादुर जिसि, तुलसीपुर उपशाखा सदस्य सुवास अधिकारी लगायतले बोल्नु भएको थियो। कार्यक्रमको सहजीकरण हेकुली उपशाखाका सचिव यम प्रसाद भुसालले गर्नु भएको थियो ।

नयाँ नेतृत्व
यसैबीच हेकुली उपशाखाको नयाँ नेतृत्व चयन भएको छ । जसमा अध्यक्ष नारायण आचार्यको नेतृत्वमा ९ जनाको कार्य समिति चयन भएको छ ।
जसमा उपाध्यक्ष सुवास अधिकारी, सचीवमा दामोदर बस्नेत , कोसाध्यक्षमा माधव ओलि रहनु भएको छ । सदस्यहरुमा बिष्णु थापा, बिन्दु गिरि, शुकदेव न्यौपाने रहनु भएको छ ।


