सुनको भाउ तोलामा १२ सय बढ्यो

काठमाडौं । सोमबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ६७ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस