
काठमाडौं – नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ५०० रुपैयाँले रुपैयाँ बढेको हो ।
शुक्रवार यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सुनको मूल्य तोलामा१ लाख ६९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९६५ रुपैयाँ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार