फोर नेसन्स कप खेल्न टिम घोषणा

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले फोर नेसन्स कपका लागि बिहीबार २३ सदस्यीय टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टिममा अपेक्षित खेलाडीलाई नै सामेल गरेका छन् ।

घोषित टिमको गोलरकिपरमा अन्जली सुब्बा, अञ्जना रानामगर र उषा नाथ छन् । यस्तै डिफेन्डरमा अमृता जैशी, गीता राना, विमल विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, विमला चौधरी र मनमाया दमाई छन् ।

मिडफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सविता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् । फरवार्डमा भने सावित्रा भण्डारी, रश्मिकुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी र रेखा पौडेल परेका छन् ।

प्रतियोगितामा नेपालसँगै म्यानमार, किर्गिस्तान र लेबनान छन् । नेपालले सोमबारको आफ्नो पहिलो खेलमा किर्गिस्तानको सामना गर्नेछ । त्यही दिन म्यानमार र लेबनान भिड्ने छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस