
नेपाली अलराउन्डर कुशल मल्लआबद्ध डेजर्ट भाइपर्स इन्टरनेशनल लिग (आईएल टी–२० मा) उपाधि जित्न चुकेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा दुबई क्यापिटल्ससँग ४ विकेटले पराजित भएसँगै डेजर्ट उपाधि जित्न चुकेको हो ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भएको फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको डेजर्टले ५ विकेट गुमाएर १ सय ८९ रन बनायो । उसका लागि म्याक्स होल्डेनले ५१ बलमा १२ चौकासहित सर्वाधिक ७६ रन बनाए । यस्तै, कप्तान साम करनले ३३ बलमा अविजित ६२ रनको पारी खेले ।
१ सय ८९ रनको लक्ष्य दुबईले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका लागि रोभम्यान पावेलले ६३, साई होपले ४३, सिकन्दर राजाले अविजित ३४ रन बनाए । डेजर्टका लागि मोहम्मद आमिर र डेभिड पेनले सर्वाधिक दुईरदुई विकेट लिए ।
डेजर्ट उपविजेता बने पनि कुशलले भने सिजन अवधिभर बेन्चमै सीमित भए । उनी पहिलोपटक यो लिगमा आबद्ध भएका थिए ।
यस्तै, अर्का नेपाली अलराउन्डर दीपेन्द्र सिंह ऐरीले पनि यसपटक आईएल टी–२० आईमा डेब्यूको मौका पाएनन् । उनी गल्फ जायन्ट्समा आबद्ध थिए ।