सुनको मूल्यमा गिरावट,कति पुग्यो त प्रतितोला ?

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६८ हजार ५ सयमा कारोबार भएको यो सुन आज प्रतितोला ४ सयले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस