काठमाडौँ – राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई जितका लागि ११० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १०९ रनको योगफल बनाएको हो।
थाइल्याण्डका लागि नान्नाफाट चैहान नटआउट रहँदै सर्वाधिक ३६ रन बनाइन्। उनले ४६ बलमा चार चौका र एक छक्का प्रहार गरिन्।
त्यस्तै, चानिदा सुत्थीरुआङ्गले २८ बलमा चार चौकाको सहयोगमा ३२ रन जोडिन्। कप्तान नारुइमोल चाइवाईले २६ बलमा १५ रन जोडिन भने सुवानान खियाओतोले नटआउट रहँदै १० रन जोडिन्।
नेदरल्याण्ड्सका लागि आइरिस विलिङले तीन र हेटर सिगर्सले दुई विकेट लिइन्।
प्रकाशित मिति : २०८१ माघ २४ गते बिहिवार


