काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले घटेको हो ।
आज सुन तोलाको १ लाख ६० हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा १५ रूपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ १३ गते आइतवार


