बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेर १ लाख ६० हजार रुपैयाँ कायम भएको छ । यसअघि, मंगलबार छापावाल सुनको मूल्य १ लाख ५८ हजार १ सय रुपैयाँ रहेको थियो । पछिल्लो केही दिनयता सुनको मूल्य निरन्तर रुपमा बढेको छ ।

यता, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ८ सय ९५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस