
घोराही– गुरुकुल एकेडेमी र लुम्बिनी फुटबल एकेडेमी घोराही बिच साझेदारी साम्झौता भएको छ । दुबै संस्था बिच आपसि समझदारीमा सम्झौता पत्रमा राखिएका शर्तहरु पालना गर्ने सहमति गरीएको छ । दुई समूह बीच शैक्षिक तथा खेलकुद क्षेत्र विकासको लागि टेवा पु¥याउने उद्धेश्यले भएको हो ।
सम्झौतापत्रमा गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा.कृष्णराज डिसि र लुम्बिनी फुटवल एकेडेमीका निर्देशक समिर वलीले हस्ताक्षर गर्नुभएको छ। साझेदारी सम्झौता दुबै संस्थाको लगानि हुने गरी गरीएको छ ।
फुटवल र खेलाडिको प्रवर्धन गर्ने, उच्च स्तरीय कोचिङ तथा तालीमको अवसरहरु प्रदान गर्ने, दुबै संस्थाको सम्बन्ध सुधार गर्ने लगायतका उद्धेश्य राखेर सम्झौता गरीएको गुरुकुल एकेडेमी घोराही प्रधानाध्यापक डाक्टर कृष्णराज डिसीले जानकारी दिनुभयो ।
गुरुकुल एकेडेमीले फुटवल खेलको लागि आवश्यक विभिन्न खेल सामग्रिहरु, आवश्यकता अनुसार यातायातको सेवा प्रदान गर्ने गरी हस्ताक्षर भएको छ भने लुम्बिनी फुटवल एकेडेमीले तालिकाको आधारमा सर्टिफाइड कोच प्रदान गर्ने, विभिन्न खेहरुमा गुरुकुलको ब्रान्ड प्रयोग गर्ने तथा बरिष्ट खेलाडि तथा बिदेशी खेलाडिहरुसंग गुरुकुलका विद्यार्थि खेलाडिहरुसंग अन्तरकृया गर्ने गरी हस्ताक्षर गरीको छ ।
सम्झौताले दाङमा खेलक्षेत्रमा नँया आयाम थप्ने संस्थाको भनाई छ । अत्याधुनिक प्रविधिको प्रयोग, गुणस्तर, दक्षता र वातावरणीय मापदण्ड प्राथमिकताका राखेर कार्य सञ्चालन गर्ने भएको हो । साझेदारी सम्झौताले दुबै संस्थालाई निकै फाइदा पुग्ने प्रमुखहरुको दावि छ । गुरुकुल एकेडेमी दाङ जिल्लाको स्थापित विद्यालय हो ।