सुनको मूल्य घट्यो, चाँदीको भाउ स्थिर

नेपाली बजारमा सोमबार सुनको मूल्य १ सय रुपैयाँले घटेको छ ।

योसँगै आज छापावाल सुन प्रतितोला १ लाख ५७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँमा खरिद–बिक्री भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस