सुनचाँदीको मूल्यमा गिरावट,आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८ सय रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ५७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला १ लाख ५७ हजार ९०० रुपैयाँ पुगेको छ।

आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार ८६० रुपैयाँमा करोबार भइरहेको छ । गत शुक्रबार चाँदी १ हजार ८९० रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८१ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस