एकै दिन १७ सय रुपैयाँले बढ्यो सुन

काठमाडौं : साताको दोस्रो दिन सोमबार (आज) एकै दिन सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ।

आइतबारको तुलनामा सोमबार सुन तोलाको १७ सय रुपैयाँ र चाँदी १५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन्।

महासंघका अनुसार आज सुन तोलाको एक लाख ५५ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन तोलाको एक लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी चाँदीको मूल्य आज तोलाको एक हजार आठ सय ६० रुपैयाँमा कायम भएको छ।

आइतबार चाँदी तोलाको एक हजार आठ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस