त्रिभुवन विश्वविद्यालयद्वारा २४ क्याम्पसमा प्रमुखमा के कहाँ नियुक्त भए ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको छ । आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले देशभरका २४ आंगिक क्याम्पसमा क्याम्पस प्रमुख नियुक्त गरेको हो । क्याम्पस प्रमुख नियुक्तिका लागि त्रिविले छनौट तथा सिफारिस समिति गठन गरेको थियो। समितिले गरेको सिफारिसको आधारमा नियुक्ति गरिएको त्रिविले जनाएको छ ।

त्रिविका प्रवक्ता एमनसिंह बोहोराका अनुसार शंकरदेव क्याम्पस काठमाडौंमा सहप्राध्यापक कपिल खनाल, नेपाल कमर्श क्याम्पसमा सहप्राध्यापक जितेन्द्रप्रसाद उपाध्याय, ललितकला क्याम्पसमा उपप्राध्यापक यामप्रसाद शर्मा, सानोठिमी क्याम्पसमा उपप्राध्यापक माधवप्रसाद श्रेष्ठ र विश्वभाषा क्याम्पस काठमाडौंमा उपप्राध्यापक महेन्द्रकुमार बुढाथोकी क्याम्पस प्रमुख नियुक्त भएका छन् ।

पाटन संयुक्त क्याम्पसमा सहप्राध्यापक रघुवीर विष्ट र रत्नराज्य लक्ष्मी क्याम्पस काठमाडौंमा सहप्राध्यापक पदमकुमार अधिकारी क्याम्पस प्रमुख नियुक्त भएका छन् । भैरवहा क्याम्पसमा लक्कीप्रसाद जोशी, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा सहप्राध्यापक लालमणि आचार्य, सुर्खेत बहुमुखीमा सहप्राध्यापक माधवप्रसाद खनाल र बुटबल बहुमुखी क्याम्पसमा उपप्राध्यापक अरुणकुमार क्षेत्रीलाई क्याम्पस प्रमुख नियुक्त गरिएको त्रिविले जनाएको छ ।

रामस्वरुप रामसागर क्याम्पस जनकपुरमा प्राध्यापक बसन्तकुमार कर्ण, भोजपुर बहुमुखीमा सहप्राध्यापक पर्वतकुमार राई, पृथ्वीनारायण क्याम्पस पोखरामा प्राध्यापक हरिप्रसाद पाठक र सूर्यनारायण सत्यनारायण क्याम्पस सिरहामा सहप्राध्यापक राजेश्वरप्रसाद यादव क्याम्पस प्रमुख नियुक्त भएका छन् । देशभर त्रिविका ६४ वटा आंगिक क्याम्पस सञ्चालनमा छन् ।

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस