खो खो विश्व कप २०२५का लागि राष्ट्रिय टिमको घोषणा

काठमाडौं । आगामी सन् २०२५ जनवरी १३ देखि १९ (पुस २९देखि माघ ६ गते) सम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो खो विश्व कप (२०२५) का लागि पुरुष तथा महिला राष्ट्रिय टिमको घोषणा नेपाल खो खो संघले गरेको छ ।

नेपाल खो खो संघ अध्यक्ष प्रदिप महर्जनले नेपाल खो खो संघ राष्ट्रिय टिम तयारी समितिका अनुसार गत एक महिनादेखि कीर्तिपुरस्थित कभर्डहलमा भइरहेको बन्द प्रशिक्षणबाट छनोट गरेर १५/१५ खेलाडिसहित राष्ट्रिय खो खो टिम घोषणा गरेको जानकारी दिनुभयो ।

तयारी समितिका संयोजक एवम् नेपाल खो खो संघका महासचिव शंकर महर्जनका अनुसार पुरुष तर्फ हेमराज पनेरुको नेतृत्वमा १५ जना खेलाडि रहेका छन् । जसमा जनक चन्द, समिर चन्द, विश्वास चौधरी, सूरज पूजारा, रोहित कुमार वर्मा, यमन पूरी, वेदबहादुर वली, झलक वि.क., बिकराल सिंह रत्गैया, बिशाल थारु, राजन बल, जोगेन्द्र राना, भरत सारु, गणेश विश्वकर्मा हुनुहुन्छ ।

त्यस्तै, महिलातर्फ सरस्वती कडायतको नेतृत्वमा मानमती धामी, पुजा ओड, आशा थारु, दिपा बि.क., निशा शाही, कर्मा कुमारी शाही, कन्चन चौधरी, पुनम थारु, सम्झना वि.क., दिपा कुमारी बि.क.,खुश्बु राना, वर्षा पण्डित, गिता चौधरी र अनिसा गोले हुनुहुन्छ । पुरुष टिम प्रशिक्षकमा विक्की राज महर्जन र महिला टिम प्रशिक्षकमा लक्ष्मी नारायण बैद्य हुनुहुन्छ ।

त्यस्तै अन्य प्रशिक्षकहरुमा कयामुद्दिन मनसूर र उषा कवर मगर रहेको अध्यक्ष महर्जनले जानकारी दिनुभयो । नेपाल खो खो संघका अनुसार नेपालले पहिलो खेल जनवरी १४ तारिखका दिन बिहान १० बजे इन्दिरा गान्धि स्टेडियममा भुटानसँग खेल्ने तय भएको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस