दुई दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा दुई दिनदेखि स्थिर रहेको सुनको भाउ आज (बुधबार) भने बढेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ ।

यसअघि सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको थियो । यी दुई दिन प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

यता आज चाँदीको मूल्य भने स्थिर रहेको महासङ्ले जनाएको छ । चाँदी तोलामा १ हजार ८३० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस