काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य आज (शुक्रबार) पनि बढेको छ ।
आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज सुन तोलामा १ लाख ५३ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ ।
बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको थियो । बिहीबार तोलामा ५०० रुपैयाँले बढेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि थोरै बढेको छ । आज चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको महासंघले जनाएको छ ।
आज चाँदी तोलामा १ हजार ८१० रुपैयाँले कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार


