नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।
बुधबार छापावाल सुन प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको थियो । बुधबार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, बिहीबार चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । बुधबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार


