
काठमाडौं । बुटवलमा बुधबारदेखि मदन भण्डारी गोल्ड कप इन्डो नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप हुने भएको छ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ।
एकेडेमीले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको टर्फी अनावरण गर्दै प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो।
प्रतियोगितामा विभागीयसहित ८ टिमबीच प्रतिस्पर्धा हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए। प्रतियोगिताको प्रथम हुने टिमले ७ लाख, द्वितीयले ३ लाख ५० हजार, तृतीयले १ लाख ७५ हजार र सान्त्वनाले १ लाख पाउनेछन्।
बुटवल रामनगर खेलमैदानमा पौष १७ देखि २४ गतेसम्म आयोजना हुने प्रतियोगिताको मंगलबार आर्कषक ट्रफी सार्वजनिक गरिएको छ। यो स्वर्ण जलप गरिएको भलिबल ईतिहासमा नै आर्कषक ट्रफि हो।’– अध्यक्ष आचार्यले भने।
१५ केजी तौल भएको ट्रफिले लुम्बिनी र पर्यटनलाई उजागर गर्ने उनले दाबी गरे । खेल पर्यटनलाई उजागर गर्ने गरि ट्रफीमा लुम्बिनीको अशोक स्तम्भ, मायादेवि मन्दिर र शान्ति दीप कुदिएको छ। यसमा डेढ दर्जन खेलका करीब १० करोड ६० लाख रुपैया खर्च हुने अनुमान रहेको छ।