सुनको भाउ एकैपटक तोलामा १४ सय रुपैयाँले बढ्यो, चाँदी स्थिर

काठमाडौँ / बुधबार सुनको भाउमा उच्च बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा बुधबार सुनको भाउ १ हजार ४ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा १ लाख ५१ हजार रुपैयाँ पुगेको छ । जबकि मङ्गलबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यता, चाँदीको मूल्य भने स्थिर भएको महासङ्घले जनाएको छ । आज चाँदी तोलामा १ हजार ७ सय ६५ रुपैयाँ पर्नेछ । यसअघि पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ पुष १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस