सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । यसदिन सुन तोलामा २०० रुपैयाँले बढेर प्रतितोला एक लाख ४९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।

आइतबार सुन प्रतितोला एक लाख ४९ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज चाँदी प्रतितोला एक हजार ७९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस