तीन दिनदेखि लगातार घट्दै सुनको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा ५ सय रूपैयाँले घटेको छ ।

यसअघि बुधबार तोलामा ७ सय रूपैयाँ र बिहीबार तोलामा १ हजार ७ सय रूपैयाँले घटेको थियो ।

आज सुन तोलाको १ लाख ४८ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा २० रूपैयाँले घटेर १ हजार ७ सय ६० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस