तोलामा १७ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ७ सय रूपैयाँले घटेको छ ।

बुधबार तोलामा १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भएको सुन आज १ लाख ४९ हजार रूपैयाँ कायम भएको छ । बुधबार पनि सुन तोलामा ७ सय रूपैयाँले घटेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी तोलामा ५५ रूपैयाँले घटेर १ हजार ७ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस