तोलामा १२ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

आज तोलामा एक हजार २०० रुपैयाँले घटेर सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार यसदिन चाँदी तोलामा ६५ रुपैयाँले घटेर प्रतितोला १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भैरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस