दंगीशरणमा १५ सय बालबालिकाको पोषण अवस्था जाचिदै ।

दंगीशरण गाउँपालिकामा कुपोषणको अवस्था पत्ता लगाउन १५ सय,बालबालिकाको पाखुराको नापलिने अभियान शुरु गरीएकोछ । कुपोषणका कारण बालबालिकाको स्वास्थ्यमा परीरहेको गम्भिर प्रभावलाइ मध्यनजरगर्दै गाउँपालिकाका ७ वटै वडाका ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाच गर्नलागिएको हो । हेलन क्यर, भिटामिन एन्जल, र आइडिइको सहयोगमा बेश सस्थादरा संचालित पोषण मार्फत जिबन रुपान्तरण परीयोजना अन्तर्गत यो कार्यक्रम वडा न २ को सरुवाडाडावाट शुरु गरीएको बेश सस्थाका परीयोजना सयोजक शुरेश चौधरीले जानकारी दिनुभयो ।

बालबालिकाको पाखुराको बिच भागको परीधि मापन गरेर कुपोषणको अवस्था मापन गरीन्छ ।यसरी माप लिदा ५ दशमलव ५ सेन्टिमिटर देखि ११ दशमलव ५ सेन्टिमिटर कडा कुपोषण ,(रातो) चिन्ह ,११ दशमलव ५ सिन्टिमिटर देखि १२ दशमलव ५ सेन्टिमिटर मध्यम कुपोषण (पहेलो) चिन्ह र १२ दशमलव ५ सेन्टिमिटर भन्दा माथि सामान्य अवस्था मानिन्छ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शम्भु गिरीले बालबालिकाको शारीरीक तथा मानसिक विकासका लागि पोषणको अपरीहार्यता रहेको बताउनुभयो ।अध्यक्ष गिरीले पोषण अवस्थाको बारेमा ५ बर्षमुनिका बालबालिकाको आमालाइ पोषणको महत्त्ववारे सचेतना जगानुपर्ने बताउनुभयो ।

सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वलि खड्काले

देशको बिकाशका लागि ५ बर्षसम्मका बालबालिकाको पोषणमा लगानि गर्न आवस्यक रहेको बताउनुभयो । उपाध्यक्ष खड्काले पोषणमा सुधार ल्याउन पालिकाले स्वास्थ्य सस्थामा सुत्केरीहुदा राज्यले दिदै आएको २८०० रुपैयामा ३२ सय थपगरी ६ हजार सुत्केरी प्रोत्साहन दिदैआएको जानकारीदिनुभयो ।

गाउँपालिकाका ७ वटा वडाका महिला स्वास्थ्य स्वयंसेवीका मार्फत बालबालिकाको पाखुराको माप लिइने योजना रहेकोछ ।परीयोजनाको पहिलो चरणमा घरदैलो मार्फत सचेतना फैलाउदै सबै बालबालिकाको मल्टिसेक्टरल एक्योन फर न्युट्रीसन मुआका लिने कार्यगरीनेछ । मुआक परीक्षणपछी बालबालिकाको पोषण सुधार गर्ने योजनामा सहयोग पुग्ने परीयोजनाका सामाजिक परीचालक सन्तोष चौधरीले बताउनुभयो । ५ बर्षे अवधिमा पालिकाका सवै वडामा लक्षित उमेर समुहका बालबालिकाको पोषण सुधारका लागि कार्य गरीने चौधरीले बताउनुभयो । यस्तै परीयिजनाका सामाजिक परीचालक अनिता योगिले महिला स्वास्थ्स्वयंसेवीका,स्वास्थ्य प्रदायक सस्था,वडा स्तरीय स्वास्थ्य संरचना,सरोकारवालाबिच समन्वय गरेर पोषण सुधारको प्रयासलाई अगाडि बढाइने बताउनुभयो ।

प्रकाशित मिति : २०८१ मङ्सिर २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस