बिजौरी। घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख १३८२ नम्बरको यात्रुबहाक बस तुलसीपुर १८ डाँगाडाउँमा दुर्घटना भएको थियो ।
घाइतेहरुको विवरण :
१. जि.दाङ तुलसिपुर १८ बस्ने १८ को चल मान बुढामगर दुबै हात खुट्टा र पेटमा चोट अवस्था मध्यम ।
२. ऐ. तुलसिपुर १८ बस्ने बर्ष ३६ कि नन्दकलि वलि दुबै खुट्टामा चोट सामान्य ।
३. ऐ. तुलसिपुर १८ बस्ने बर्ष २९ कि आकृति पुन मगर टाउको र खुट्टामा चोट सामान्य ।
४. ऐ. बस्ने बर्ष ३२ कि ईन्द्रा थापा दुबै हात खुट्टा र ढाडमा चोट अवस्था समान्य ।
५. ऐ. बस्ने बर्ष ६० को रुद्र बहादुर कामि दुबै हात खुट्टा र छातिमा चोट सामान्य ।
६. ऐ. १८ बस्ने बर्ष ६३ को नर बहादुर नेपाली छाति र ढाडमा चोट मध्यम ।
७. जि. सल्यान शारद न.पा. १० बस्ने ३६ को ढाकाराम कवंर टाउको र दुबै हात खुट्टामा चोट सामान्य ।
८. जि.दाङ तुलसिपुर उ.न.पा. १७ बस्ने बर्ष १७ कि आँचल शर्मा दुबै हात खुट्टामा चोट सामान्य ।
९. ऐ. १८ बस्ने बर्ष ५९ कि रमा परियार दुबै हात खुट्टा र छातिमा चोट मध्यम ।
१०. ऐ. १७ बस्ने बर्ष ३६ कि राधा के.सि. दुबै हात खुट्टामा चोट सामान्य ।
११. ऐ. १७ बस्ने बर्ष ४६ को नर बहादुर नेपालि ढाडमा चोट सामान्य ।
१२. जि. रुपन्देहि बुटवल उ.म.न.पा. ११ बस्ने बर्ष २६ को नबिन पराजुलि टाउको र हात खुट्टामा चोट सामान्य ।
१३. भरात तेलगंगा घर भइ ज्योतिष काम गर्ने बर्ष ३९ को कल्याम जगम दुबै हात खुट्टामा चोट सामान्य ।
१४. जि।दाङ घोराहि उ.म.न.पा. ५ बस्ने बर्ष ५२ को तिल बिक्रमा गिरि दुबै हात खुट्टा टाउकोमा चोट सामान्य ।
१५. ऐ. १५ बस्ने बर्ष ५४ को डबल बहादुर डाँगि दुबै हात खुट्टामा चोट सामान्य ।
१६. ऐ. घोराही ११ बस्ने बर्ष २५ को माधब डाँगी दुबै हात र खुट्टामा चोट सामान्य ।
१७. ऐ. शान्तिनगर गा.पा. ६ बस्ने बर्ष २४ को नबिन वलि दुबै हात खुट्टामा चोट सामान्य ।
१८. ऐ. १७ बस्ने बर्ष ७९ कि दुर्गा बहादुर के.सि. टाउको र खुट्टामा चोट सिरियस ।
१९. ऐ. बस्ने बर्ष ७८ कि नमा के.सि. दुबै हात खुट्टामा चोट सामान्य ।
२०.(सहचालक) ऐ. घोराहि १४ बस्ने बर्ष २२ को सागर नेपालि दुबै खुट्टामा चोट सामान्य ।
२१. जि.दाङ घोराहि १७ बस्ने १७ बस्ने बर्ष ४० को गंगाराम पोख्रेल शरीरमा भित्रि चोट सामान्य ।
२२. जि.दाङ बबई गा.पा. ४ बस्ने बर्ष ४४ को अमर थापा खुट्टामा चोट सामान्य ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार शुक्रबार विहान १० बजेतिर दुर्घटनामा हुँदा २२ जना घाइते भएका छन् ।
उनीहरुको राप्ती प्रादेशिक तुलसीपुर र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उक्त बसमा ३२ यात्रु सवार थिए । तिब्र गतिका कारण बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीको अनुसन्धान छ । चालक घोराही १० का २८ बर्षीय मनोज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


