काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको शिक्षा क्षेत्र सुधारका अन्तर्राष्ट्रिय निकायहरूसँग छलफल गरेकी छन्।
मन्त्री भट्टराईले शिक्षक विकास र व्यवस्थापनको रणनीति, विद्यालय दिवा खाजा, सिकाइ सामग्री विकास र प्रयोग जस्ता विषयहरू पनि संयुक्त पुनरावलोकन बैठकमा छलफल गर्न अनुरोध गरिएको शिक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयको नेतृत्वमा कार्यान्वयनमा रहेको विद्यालय शिक्षा क्षेत्र योजना (School Education Sector Plan- SESP) कार्यान्वयनको सन्दर्भमा संयुक्त पुनरावलोकन बैठकको अवसरमा संयुक्त वित्तीय साझेदारहरू (Norway, ADB, USAID, UNICEF, EU, WB, GPE) को प्रमुख तथा प्रतिनिधिसँग मन्त्री भट्टराईले छलफल गरेकी हुन्।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार


