फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।

मंगलबार छापावाल सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँ रहेको थियो भने आज बढेर १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम गरिएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार प्रतितोला १ हजार ८ सय २० रुपैयाँमा कारोवार भएको चाँदी आज १० रुपैयाँले बढेर १ हजार ८ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस