सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि ओरालो !

काठमाडौँ : हिजो सोमबार झण्डै १६ हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँ घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो।

सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि मूल्य घटेको हो।

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस