दाङ । लामो समय देखि कलाकारिता गरिरहेका गायिकाद्वय विष्णु सुनुवार र सुशीला थापा मगरले व्यवसायमा हात हालेका छन् । उनीहरूले दाङको घोराहीमा सोमबारदेखि ‘झोर्ले दोहोरी साँझ’ सञ्चालनमा ल्याएका हुन् ।
पारिवारिक वातावरणमा दाङ र आसपासका क्षेत्रका लोकदोहोरी गीत प्रेमीलाई मनोरञ्जन दिलाउने उद्देश्यका साथ आफूहरूले व्यवसाय सुरु गरेको विष्णुले बताइन् ।

घोराहीको सहिद गेटदेखि थोरै भित्र नवील बैंक रहेको भवनमा दोहोरी साँझ सञ्चालन रहेको भन्दै उनले लगानीमा आफू र सुशीला सहित अन्य दुई जना धर्म जिएम र प्रकाश पुन पनि रहेको उनले बताइन् ।

व्यवसाय सुरु गर्नका लागि करिब ६५ लाख खर्च भएको बताउँदै उनले आफ्नो व्यक्तिगत लोकसंगीत पनि साथमा लैजाने योजना रहेको सुनाइन् ।
प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार


