नेपाल १९ वर्षमुनिको महिला विश्वकप क्रिकेटका लागि छनोट

काठमाडौं । नेपाल १९ वर्षमुनिको टी ट्वान्टी महिला विश्वकप क्रिकेटका लागि छनोट भएको छ । हिजो भएको एसिया क्षेत्र छनोटको अन्ति म खेलमा युएईलाई ८ विकेटले हराउँदै नेपाल पहिलो पटक टी ट्वान्टी महिला विश्वकपमा छनोट भएको हो । अब नेपालले आइसिसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप २०२५ खेल्नेछ  ।

१९ वर्षमुनिको टी–२० विश्वकप आगामी माघ ५ गतेदेखि २० गतेसम्म हुनेछ । विश्वकपमा नेपालले समूह ‘डी’मा स्थान बनाएको छ  । समूहमा बलियो अस्ट्रेलियासँगै बङ्गलादेश र स्कटल्यान्ड छन् । अस्ट्रेलिया र नेपालबिचको माघ ९ गते हुनेछ । त्यसअघि नेपालले माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस