प्रतितोला १ हजारले घट्यो सुन, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं– सोमबार सुनको मुल्यमा गिरावट आएको छ । अघिल्लो दिन तोलामा ५ सय घटेको सुन सोमबार १ हजार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारेबार भईरहेको छ । अघिल्लो दिन १ लाख ६६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १९६० रुपैयाँ रहेको चाँदी आज १९५५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस