तोलामा १ लाख ७० हजार ७ सय रुपैयाँ पुग्यो सुनको भाउ

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले बुधबार नयाँ रेर्कड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ७० हजार ७ सय रुपैयाँ तोकेको छ ।

आज सुन प्रतितोला २२ सय रुपैयाँले बढेको हो । यसअघि मंगलबार सुन १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा २ हजार १ सय ५ रूपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर २ हजार १ सय २० रुपैयाँमा कारोवार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस