सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौँ– सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा १४ सयले बढेर तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको छ ।

यसअघि शुक्रबार सुन तोलाको एक लाख ६६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २०८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस