दुधरास । दुधरास बचत तथा ऋण सहकारी संस्थाको वाह्रौं साधारणसभा विहिवार सम्पन्न भएको छ । सहकारीको साधारणसभालाइ सम्वोधन गर्दै उपस्थीत अतिथिहरुले सहकारी आन्दोलनलाइ उत्पादनसंग जोड्न आग्रह गरेका छन् । साथै अहिले मुलुकभर सहकारीको पैसा अपचलन भैरहेको सरगर्मि तातेको वेला सहकारी सन्चालकहरु यो सन्दर्भमा सचेत रहन पनि सहभागिहरुले शुभकामना दिएका छन् ।
संस्थाका अध्यक्ष केशव रिजालको अध्यक्षतामा भएको साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा सोहि सहकारीका पुर्व अध्यक्ष डिल्ली वहादुर बुढाथोकिले सहकारीले ऋण लगानी गर्नुमात्र नभएर यसलाइ तोकिएको समयमै अशुलि गर्न तर्फ बढि केन्द्रित हुनुपर्ने बताए । साथै उनले यस सहकारीमा जोडिएका हरेक सदस्यलाइ आत्मनिर्भर बनाएर उनीहरुलाइ आयआर्जनको वाटोमा लगाउन सहकारीले महत्वपुर्ण भुमिका खेल्नुपर्ने बताए । ‘सहकारीको लगानी उत्पादनशिल काममा हुनु पर्दछ, ताकि ऋण लिने सदस्यले उत्पादनमुलक काम गर्न सकोस र सहकारीबाट ल्याएको ऋण समयमै तिर्न पनि सकोस’, प्रमुख अतिथि बुढाथोकिले भने ।

साधारणसभामा विशिष्ठ अतिथि तथा तुलसीपुर उपमहानगरपालिका—१८ का वडाध्यक्ष माधव वलीले सहकारीको लगानी उत्पादनशिल काममा उपयोग हुनुपर्ने बताउदै संस्थाले आफ्ना सवै सदस्यहरुको आर्थिक प्रोफाइल राख्न पनि सुझाव दिए । ‘सहकारीले कति लगानी गर्यो भन्दा पनि सहकारीले गरेको लगानीले केकति प्रतिफल दिन सक्यो भन्ने विषयमा संस्थागत अनुगमन र निगमन पनि हुन आवस्यक छ’, विशिष्ठ अतिथि वलीले भने । अहिले मुलुकभर सहकारीमा रकम जम्मा गर्ने बचतकर्ताहरुको पैसा गैरकानुनी तवरबाट अपचलन भैरहेको प्रशंग उठाउदै उनले यसमा संस्था गम्भीर हुनुपर्ने पनि सुझाव दिए । साधारणसभामा सहकारीका सल्लाहकार ज्ञान वहादुर बस्नेत, तुलसीपुर उपमहानगरपालिका—१७ का वडा सदस्य सुनीता परीयार लगायतले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
साधारणसभामा सो सहकारी संस्थाका सचिव प्रमोद बस्नेतले बार्षिक सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष विरेन्द्र कुमार अवस्थीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा संयोजक युवराज डांगिले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा सहकारीलाइ यहां सम्म ल्याउन योगदान दिएको भन्दै पुर्व वोर्ड सदस्यहरुलाइ सम्मान गरिएको थियो ।
संस्थाका उपाध्यक्ष धनवहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा कार्यालय प्रमुख शिवराज डांगिले आर्थिक प्रतिवेदनमा उठेका जिज्ञासाका विषयमा जानकारी गराएका थिए । धन्यवाद ज्ञापन संस्थाका सदस्य विरेन्द्र खड्काले गरेका थिए । साधारणसभाले कोषाध्यक्ष र सचिवका प्रतिवेदनलाइ सर्वसम्मत रुपमा पारीत गरेको थियो ।


