प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। सोमबार अपरान्ह सवा ५ बजेका लागि मन्त्रिपरिषद् बैठक तय भएको हो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्नेछ।

बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।

प्रकाशित मिति : २०८१ कार्तिक ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस