
बैदिक शास्त्र अनुसार एक वर्ष (संवत्सर) मा चारवटा दशै हुन्छन । ती सवै दशैमा नवदुर्गा भवानीको पुजा अर्चना गर्ने गरिन्छ । आषाढ शुक्लमा ग्रीष्म कालीन नवरात्र, आश्विन शुक्लमा शारदीय नवरात्र, माघ शुक्लमा शिशिर कालीन नवरात्र र चैत्र शुक्लमा वसन्तीय नवरात्र पर्दछन । ती सवै दशैको आफैँमा ठूलो महत्व हुन्छ । तर समाजमा शारदीय नवरात्र र वसन्तीय नबरात्रलाई मात्र मान्ने चलन चल्दै आएको छ । शास्त्रीय मान्यता अनुसार चारवटै दशैको महत्व रहेको छ ।
बिश्वमा १अर्ब ५० करोड भन्दा बढी हिन्दु धर्मालम्वी छन् । जस मध्ये ९६% दक्षिण एसियामा बसोवास गर्छन । नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, मौरिसस, फिजी, सुरिनाम, गयाना, ट्रिनिडाड र टोबागो, संयुक्तअधिराज्य, क्यानडा र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा हिन्दु धर्मालम्विहरु उल्लेखनीय संख्या पाइन्छ ।
मध्ययुग सम्मचारवटै दशै धुमधाम मनाउदै आएकोमा अहिले शारदीय र वसन्तीय नवरात्र मात्र मनाउने गरिन्छ । आषाढ शुक्लमा पर्ने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा पर्ने शिशिरकालीन नवरात्र मनाउने गरिएको छैन । चारवटै दशैंमा पुजा अर्चना नवदूर्गाकै गरिन्छ । यी सबै नवरात्रको आ–आफ्नै विशेषता छन् । जसमा पूजा गरिने देवीहरू एउटै भएपनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको छ । यद्यपि अहिलेसम्म पनि अत्यन्तै नियममा रहने तान्त्रिकहरूले भने नियमित चारै नवरात्र दशैं मनाउने गरेका छन् । अहिले आश्विन शुल्कमा मनाईने वडा दशैलाई शारदीय नवरात्र र चैत्र शुल्कमा पर्ने चैते दशैलाई वसन्तीय नवरात्र मनाउने गरिन्छ । चैते दशै भनेर चिनिने चैत्रशुक्ल पक्षको १० दिन चैते दशैं अहिले पनि मनाउदै आउका छौ ।
हाम्रो शास्त्रमा बर्षमा ४ नवरात्रको बारेमा बताएको भएपनि २ नवरात्र धेरै प्रचलनमा रहेको छ र आषाढ र पुषमा आउने नवरात्रत्यति धेरै प्रचलनमा रहेको छैन, त्यसैले आषाढ र पुषको नवरात्रलाई गुप्त नवरात्र पनि भन्ने गरेको पाइन्छ ।
बैदिक सनातनीहरुको मौलीक पर्व दशैको महत्व ठूलो रहेको छ । ज्योतिषशास्त्र अनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्षभनेको राति हो । यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ । कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा गर्ने गरिन्छ । बिश्वमा १अर्ब ५० करोड भन्दा बढी हिन्दु धर्मालम्वी छन् । जस मध्ये ९६% दक्षिण एसियामा बसोवास गर्छन । नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया, मलेसिया, सिङ्गापुर, मौरिसस, फिजी, सुरिनाम, गयाना, ट्रिनिडाड र टोबागो, संयुक्तअधिराज्य, क्यानडा र संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा हिन्दु धर्मालम्विहरु उल्लेखनीय संख्या पाइन्छ । सबै हिन्दु धर्मालम्वीका आस्था बिश्वास त्रिदेव ब्रह्मा, बिष्णु , महेश्वर, दुर्गा भवानी ,देवीदेवता, तेतिस कोटीमा समान छ । आस्था र बिश्वास समानभएपनि स्थानअनुसार चाड पर्व मनाउने संस्कृती फरक फरक छन् । जम्वुद्धिप आर्यवर्त क्षेत्र मानसरोवर देखि कन्याकुमारी सम्म बैदिक भूमिहो । यस भूमिमावसोवास गर्ने सवै मानवको साझा चाँड विजया दशमीहो । धार्मिक र सांस्कृतिक रुपमा सनातनीहरुले पुजाआजाका लागि धान चामल, जौ, तील र विभिन्न रंगका रंगहरु, फलफुल प्रयोग गर्छन । ती सवैलाई भगवानका प्रतिक रुपमा प्रयोग गर्ने गरेकाछन् ।
आफ्नो भित्रको शक्ति उजागर गर्न चाहने जो कोहि ले नवरात्रमा शक्तिको उपासना गर्नुपर्छ र यदि उपासनागर्न सकिदैन भने पनि तामसी भोजन त्यागेर शाहाकारी भोजन गरेर शक्ती जगाउनु पर्दछ ।
संस्कृतमा हिन्दु धर्मको ऐतिहासिक नाम सनातन धर्म हो जसको अर्थ “शाश्वतधर्म“, “अनन्तमार्ग“ भन्ने बुझिन्छ । परम्परा देखि चल्दै आएकापर्व संस्कृतीमनाउदै आएका छन् । कतिपय पर्वहरु लोक बिश्वासका आधारमा मनाउदै आएको सर्वबिदितै छ । यसैक्रममा वैदिक सनातनीहरुको महानपर्व आश्विन शुक्लपक्षको प्रतिपदा देखि पुर्णिमा सम्म मनाइने पर्व दशै हो । यो चाड १५ दिन सम्म मनाइन्छ। प्रतिपदादेखि नवमीसम्म नौ वटी देवीको पूजा आराधना गरिन्छ । त्यसैले यसलाई नौरथा, नवरात्र अथवा नवरात्रि पनि भनिन्छ । यी देवीहरू हुनः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ।नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिनुहुन्छ भन्ने जनविश्वास छ । नौवटी देवीको पूजा आराधना गरे पछि नौरथाको नौ दिनमा नवग्रह पूजागर्ने परम्परा रहेको छ। प्रतिपदामा मङ्गल द्वितीयामा राहु, तृतीयामा बृहस्पति , चतुर्थीमाशनि, पञ्चमीमाबुध, षष्ठीमा केतु, सप्तमीमा दिनशुक्र, अष्टमीमा सूर्य एवं नवमीमाचन्द्रमाको ग्रहशान्तिपूजागर्ने चलनचल्दै आएको छ ।
‘नवरात्र’शब्दले नौ अहोरात्र (रातहरू) भन्ने जनाउँछ । यस समयमा शक्तिका नौ स्वरूपहरूको पूजा गरिन्छ। ‘रात’शब्दले सिद्धिलाई जनाउँछ । हाम्रा ऋषिमुनिहरूले दिनलाई भन्दा रातलाई बढी महत््व दिएका छन्, त्यसैले दीपावली, शिवरात्रि र नवरात्रि जस्ता चाडहरू रातमा मनाउने परम्परा छ । हाम्रो शास्त्रमा बर्षमा ४ नवरात्रको बारेमा बताएको भएपनि २ नवरात्र धेरै प्रचलनमा रहेको छ र आषाढ र पुषमा आउने नवरात्रत्यति धेरै प्रचलनमा रहेको छैन, त्यसैले आषाढ र पुषको नवरात्रलाई गुप्त नवरात्र पनि भन्ने गरेको पाइन्छ ।

नेपालीहरुले विशेष गरेर शारदीयनवरात्रअर्थात् शरद् ऋतुको आश्विन शुक्लपक्षमा आउने नवरात्रलाई विशेष गरेर मनाउने परम्परा रहेको छ। नवरात्रमा विभिन्न यज्ञ–अनुष्ठान, मन्त्रजप, दुर्गा पुजा, दुर्गा शप्तशती पाठ, तान्त्रिक सिद्धिको लागी उपसना गरिन्छ । त्यसैले नवरात्रमा शक्तिको उपासनाहुने भएकाले देवीलाई शक्ति स्वरुप मानिएकाले गर्दा नवरात्रमा देवी पुजागर्ने गरिएको हो । शक्तिको उपासना भनेको आफुमा रहेको शक्तिलाई जगाउनु हो । त्यसैले आफ्नो भित्रको शक्ति उजागर गर्न चाहने जो कोहि ले नवरात्रमा शक्तिको उपासना गर्नुपर्छ र यदि उपासनागर्न सकिदैन भने पनि तामसी भोजन त्यागेर शाहाकारी भोजन गरेर शक्ती जगाउनु पर्दछ ।
नेपालीहरुले यो नवरात्रलाई देवीले महिषा सुर माथि विजय प्राप्त गरी देवता र मानवको रक्षा गरेको खुसीमामनाउने गरिएको जनविश्वास छ । आश्विन शुक्ल प्रतिपदाको दिन देवीको घटस्थापना गरी जमरा विधिपूर्वक छरेर नौ दिन सम्म नियमित जमराको पुजा गरेर नवौँ दिनको दिन त्यसलाई देवीमा अर्पण गरेर दशमी दिनत्यो जमरा लगाइन्छ । यो पर्वको नवरात्र सकिए पछि दशमी तिथिलाई देवीले महिषा सुर माथि विजय प्राप्ति गरेको दिनमा आफ्नो मान्यजनबाट टिका, जमरा लगाउने र आशिर्वाद लिने चलनचल्दै आएको छ । भारतमा वसोवास गर्ने हिन्दु धर्मालम्वीहरुले विजयादशमीलाई रामले रावणलाई मारेको सम्झनामा मनाउने र त्यसलाई दशहरा भन्ने गर्दछन् ।
वास्तवमा चाडपर्व मानव जीवनको एक साधनामय महोत्सव हो । सम्बन्ध भित्र लुकेको आत्मीयता साटासाट गर्ने भातृत्व र एकताको पर्व हो । संस्कृति, रीतिरिवाज र चाडपर्व हाम्रो सभ्यता, संस्कार र परम्परा हो । यही सभ्यता, संस्कार र परम्पराले गर्दा नै हामीले विश्वमा छुट्टै अस्तित्व कायम राख्न सफल भएका छौँ । दशैँका बेला आफूभन्दा ठूला, मान्यजन अनि अग्रज आफन्त दशैँमा टीका लगाउँदा यसरी पुरुषलाई र महिलालाई छुटाछुटै मन्त्र उच्चारण गरि आर्शीर्वाद दिने चलनचल्दै आएको छ । पुरुषलाई दिइने आर्शिवाद ।
आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राधवे ।
ऐश्वयं नहुषे गतिश्चपवने मानंचदुर्योधने ।।
सौर्य शान्तनवे वलं हलधरे सत्यंच कुन्तीसुते ।
विज्ञानं विदेरे भवतु भवतां कीर्तिश्चनारायणे ।।
यसमा अष्ठ चिरञ्जीविको जस्तो दीर्घायू, राजादशरथको जस्तो धन सम्पत्ति, रामचन्द्रको जस्तो शत्रु नाशगर्ने शक्ति, भीष्मका पराक्रम अनि कृष्णका दाजु बलरामको शक्ति, युधिष्ठिरको सत्यवादिता, विदूरको ज्ञान–विज्ञान अनिनारायणको अविनाश कीर्तिहरूको सन्देश गाँसिएको छ । महिलाहरुलाई दिइने आर्शिवाद मन्त्र यस्तो रहेको छ ।
जयन्ती मङगलाकाली भद्रकाली कपालिनी ।
दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधानमस्तुते ।।
नारीलाई देवीशक्तिका रुपमा पूजागर्ने हाम्रो सनातन परम्पराअनुसार नारीलाई देवीकै अवतारका रुपमा लिइन्छ । यसरी दशैँले मानव सभ्यता र यसको सृष्टीलाई धर्मकामाध्यमद्वार बलियो गरी बाँधेको हुन्छ ।
जे होस् अनेक संस्कृतिले भरिपूर्ण हाम्रो देशमा यस्ता हरेक पर्वले सामाजिक सद्भाव, भ्रातृत्वअनि हरेक समुदाय र समाजलाई प्रेमिल बनाउन सघाइरहेका हुन्छन् ।
हर्षोल्लासका साथपर्व मनाउने गरिन्छ । एक उत्साहपूर्ण र अर्थपूर्ण पर्व विजयादशमी सांस्कृतिक अभ्यासहरू वैदिक परम्पराका गहिरा आध्यात्मिक र दार्शनिक शिक्षा सँग जोडिएको छ, । शक्तीको उपसना, भक्ति, समपर्ण ,प्रेम र सद्भावबोकेको यो पर्वमा सवै मानव समुदायलाई दशैँ, तिहार र छठ पर्वको हार्दिक मंगलमय शुभकामना ।