दाङ– स्वतन्त्र मजदुर ट्रेड युनियन सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड दुधरासले आज एक कार्यक्रमको दशै मिलन तथा शुभकामना आदान प्रदान गरेको छ । ट्रेड युनियन अध्यक्ष पुर्ण बहादुर डाँगीको अध्यक्षता तथा सोनापुर मिनरल्सका प्लान्ट प्रमुख बिनोद बंशलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि बंशलले मजदुरीवाट बाँचेका मजदुरको न्युनतम पारिश्रमिक निर्धारणका लागि राज्य गम्भीर हुनुुपर्ने बताउनुभएको थियो । ट्रेड युनियनले राज्यलाई ध्यानाकर्षण गर्दै आईरहेकाले राज्य उचित मजदुरी निर्धारणमा गम्भीर हुनुपर्ने बताउनुभयो ।
बंशलले निजि क्षेत्रमा जोडिएका मजदुरहरूको उचित व्यवस्थापन गरे पनि अझै रोजगार र जीवन सुरक्षाका लागि पहल गरिरहेको उहाको भनाई थियो । सोनापुर मिनरल्सले मजदुरहरूको जीवन रक्षा र आर्थिक सुरक्षाका लागि जीवन बिमा र संचय कोष व्यवस्थापन गरेको बताउनुभयो । सोनापुर,मिनरल्सका मेकानिकल विभाग कोमल पौडेल, अर्थ बिभागका सुवास अर्याल, अटो मोबाईल बिभागका संजिव सिंह, शिद्धार्थ शर्मा, शेखर पाण्डे, लक्ष्मणसिंह धामी, जर्नादन गौतम लगायतकाले शुभकामना मन्तव्य राख्नुभएको थियो । ट्रेट युनियनका सह–सहसचिव प्रेम गिरीको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको सहजिकरण गुरूप्रसाद भण्डारीले गर्नुभएको थियो । उक्त अवसरमा ट्रेड युनियनका सचिव तिर्थ डाँगीले कार्यक्रम व्यवस्थापन गर्नुभएको थियो । उक्त अवसरमा दङ्गाली संचारकर्मी तथा थारू कलाकार प्रकाशप्रिय कुसुम्याले सांगितिक प्रस्तुती राख्नुभएको थियो ।


