तुलसीपुर । १३ वर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा दाङमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बबई गाउँपालिका–१ मदाने निवासी १९ वर्षीय यामबहादुर पुन रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।
पिडितले दिएको जाहेरीका आधारमा प्रहरीले युवकलाई सोमबार पक्राउ गरेर हिजो म्याद थप गरेको थियो । भदौ २२ गते राति बालिकालाई बाल्तकार गरेको युवक माथि आरोप लागेको छ । पक्राउ परेका युवक इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा राखिएको छ ।
प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार


