दाङमा मोटरसाईकल दुर्घटना, दुई जनाको मृत्यु

तुलसीपुर : दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा ८ प २९४० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक घोराही उपमहानगरपालिका–१८ का २२ वर्षीय श्रवनकुमार पुनको मृत्यु भएको हो।

साथमा मोटरसाइकल पछाडि सवार घोराही–४ का २१ वर्षीय विनोद केसीको पनि ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

उनका अनुसार आज बिहान लमही नगरपालिका–६ बेलदमारमा दुर्घटना हुँदा गम्भीर घाइते भएका दुवै जनाको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

प्रकाशित मिति : २०८१ असोज ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस