आज सुनको मुल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस अघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले छ ।

प्रकाशित मिति : २०८१ भाद्र २७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस