काठमाडौं : साताको चौथो दिन बुधबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।
मंगलबारको तुलनामा एक हजार रुपैयाँ बढ्दै सुन नेपालमा सबैभन्दा बढी मूल्य भएर कीर्तिमान कायम गरेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलाको एक लाख ५३ हजार चार सय रुपैयाँ कायम भएको छ।
यसअघि सुनको मूल्य भदौ २१ गते सबैभन्दा बढी एक लाख ५३ हजार तीन सय रुपैयाँ कायम भएको थियो।
यस्तै बुधबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेर एक हजार ७८० रुपैयाँ पुगेको छ।
प्रकाशित मिति : २०८१ भाद्र २६ गते बुधवार


