सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन मंगलबारकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने घटेर कारोबार भएको छ । महासंघका अनुसार चाँदी प्रतितोला २० रुपैयाँ घटेर एक हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार ७७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस