सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको हो ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा १ हजार ७९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबार घटेर तोलामा १ हजार ७७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस