सुनचाँदीको मूल्यमा गिरावट, प्रतितोला कति ?

काठमाडौँ / साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँ रहेकोमा आज घटेर प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँमा झरेको हो ।

बिहीबार हालसम्मकै उच्च मूल्य बनाएको सुनको भाउ आज भने घटेको हो ।

यता, चाँदी पनि प्रतितोला १० रुपैयाँले घटेको छ । बिहीबार प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ८ सय २० रुपैयाँ मात्रै पर्नेछ ।

प्रकाशित मिति : २०८१ भाद्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस