तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले आफ्नो प्रशासनिक भवनमा लिफ्ट सञ्चालनमा ल्याएको छ ।
आज एक समारोहका बिच उपमहानगर प्रमुख टीकाराम खड्काले लिफ्टको उद्घाटन गरेका छन् । लिफ्टको क्षमता एकपटकमा ५४४ किलो(करिब ८ जना) रहेको छ ।
उपमहानगरको चारतले भवनमा लिफ्ट सञ्चालन गरेपछि विशेष गरी शारीरिक अपाङ्गता भएका सेवाग्राही लाभान्वित हुने भएका छन् ।
प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार


