ट्रक दुर्घटना : घाइतेको परिचय खुल्यो

तुलसीपुर । दाङमा भएको ट्रक दुर्घटना परी घाइते भएका २ जनाको परिचय खुलेको छ । दुर्घटनामा परी ट्रक चालक कपिलवस्तुको शिवराज नगरपालिका–५ का ५९ वर्षीय हरि बहादुर खत्री र सहचालक सोही ठाउँका १८ वर्षीय दिलिप थारु रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डीएसपी राम प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार घोराही–३ कुइरेपानीबाट घोराहीतर्फ आउदै गरेको ना ६ ख १६५३ नम्बरको ट्रक कुइरेपानी नजिकै आज बिहान पौने ११ बजेको समयमा आफै अनियन्त्रित भएर पल्टिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका दुबैजनाको अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । सरिया बोकेको ट्रक दुर्घटनामा पर्नुको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस