
दाङ । दाङको तुलसीपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो करिब साढे १२ बजेतिर शान्तिनगर ४ गिदनिया आफन्तको घरबाट भेटघाट गरेर फर्किने दुई दाजुभाईलाई चिराघाट खोलाले बगाउँदा दाजुको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका २ झारगाँउ बस्ने ६७ वर्षिय तेजबहादुर भण्डारीको मृत्यु भएको हो । तेज बहादुरलाई खोला तरेको ठाउँदेखि बगाएर एक किलोमिटर तल पुर्याएको स्थानीयले देखेपछि निकाल्दा उनको मृत्यु भैसकेको थियो ।
भाई ६४ वर्षिय चेत बहादुर भण्डारी भने पौडी खेलेर बाहिर निस्कन सफल भएका थिए ।
प्रकाशित मिति : २०८१ साउन १६ गते बुधवार